काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले ५० प्रतित हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले सो मितिसम्म कायम रहेका शेयरधनीहरुका लागि १ बराबर शून्य दशमलव ५ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी भएको यो हकप्रद खरीदका लागि सम्बन्धित शेयरधनीहरुले आगामी ३५ दिनभित्र रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यो कम्पनीले सर्वसाधारणका लागि आईपीओ समेत निष्कासन गर्ने तयारी गरेको छ ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले संस्थापकमा हकप्रद शेयर विक्री गरेको हो । आईपीओ जारी गर्ने प्रस्ताव भने कम्पनीले २०८० साल पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।