शीर्षकहरू

इनोभेसन डे घोषणा गर्दै इसेवा १६ औं वर्षमा प्रवेश

इनोभेसन डे घोषणा गर्दै इसेवा १६ औं वर्षमा प्रवेश

काठमाडौं । इनोभेसन डे घोषणा गर्दै इसेवा १६ औं वर्षमा प्रवेश इसेवाले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले वित्तीय प्रविधिमा आफ्नो वार्षिकोत्सव मनाएको हो । 

‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौं मानिसहरुलाई सहज वित्तीय सेवाहरुको पहुँच पुर्याउदै आइरहेको इसेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको छ ।

 मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजी लोन, इस्पिकर , मर्चेन्ट लिङक जस्ता सुविधाहरु दिदै आइरहेको छ ।

 लाइनबाट अनलाइन सम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका कम्पनीले जनाएको छ । करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाख भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसै गरि इसेवाको २ लाख ६८ हजार भन्दा बढी एजेन्ट र  ४ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु रहेका छन् । 

इसेवाले आगामी दिनहरुमा आफ्नो सेवाहरु विस्तार गर्ने योजनाहरु बनाइ रहँदा आफ्नो प्रयोगकर्ताहरुको आवश्यतालाई मध्यनजर गर्दै नयाँ फिचरहरु ल्याउनुको साथै तिनको स्तरउन्नतीमा समेत कार्यरत रहने प्रतिवद्धता रहेको इसेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।