शीर्षकहरू

विद्युतीय व्यापार सम्बन्धी विधेयक चाँडो टुंगोमा पुग्छ : उद्योग मन्त्री भण्डारी

विद्युतीय व्यापार सम्बन्धी विधेयक चाँडो टुंगोमा पुग्छ : उद्योग मन्त्री भण्डारी

काठमाडौं  ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनु पर्ने बताएका छन् ।  

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै  मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् । ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुन पनि आवश्यक छ । तर अन्य विषयहरू परिवर्तन गर्न मन्त्रिपरिषदबाट कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाही समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ,’ उनले भने । 

साथै  उनले  समितिमा आएका उपयुक्त कुराहरू र विषयहरूलाई दायाँ बायाँ नगरेर ऐनको गरिमा माथि प्रहार गर्न नहुने बताए । उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमा माथि फेरी प्रहार हुनसक्ने भन्दै  ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताए ।