शीर्षकहरू

कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

पोखरा  । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित  भएका हुन ।  भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  गरेको छ । 

समितिको उपाध्यक्षमा  जगनाथ न्यौपाने, नारायण थापा (निसान्त  ),  सपराज राइ, सचिव मा योजेन्द्र  वाग्ले , सह सचिव हरि  कडेल,  उदयराम जैशी रुद्र फुयाल रहेका छन्  भने  कोषाध्यक्षमा  टंक प्रसाद चयन भएका छन् । 

यसैगरी  सदस्यमा  जयराम आचार्य,   यामप्रसाद पाण्डे (आशिष),  जीवन कुमारी राई, शुशील प्रसाद  कुसवाहा र  प्रकाश नेपाली रहेको निर्वाचन मन्डलका सयोजक  रामचन्द्र लामिछानेले  जानकारी दिएका छन्  । 
 
कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षणलाई ब्यबस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष   नारायण थापा (निसान्त) ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए  ।  आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।

आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा  बढी कोरियन भाषा प्रशिक्षण  केन्द संचालित रहेको  नवनिर्वाचित अध्यक्षले जानकारी दिए । राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पु¥याएको योगदानको प्रसंसा गरेका थिए ।