काठमाडौं । नेपाल पस्मिना उद्योग संघले आयोजना गरेको पस्मिना प्रदर्शनी आज(शनिबार)बाट सकिएको छ । माघ १० गतेबाट सुरु भएको तीन दिने पस्मिना प्रदर्शनी सकिएको हो । नेपाली उत्पादनको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सुरू भएको थियो ।
मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका छन् भने ४० भन्दा बढी नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरूका स्टल पनि थिए ।