शीर्षकहरू

उद्यमीहरुको लगानीका लागि कोष खडा गर्ने घोषणा

उद्यमीहरुको लगानीका लागि कोष खडा गर्ने घोषणा

काठमाडौं । आन्टरप्रेनर्स क्लब ग्लोबलले विभिन्न क्षेत्रमा आन्टरप्रेनर्सहरुको लगानीका लागि कोष खडा गर्ने घोषणा गरेको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बेलाएयतको अल्डरसट काउन्सिलका पूर्वकाउन्सिलर प्रवेश केसीले नेपालका उद्यमीहरुलाई बेलायतमा फन्डिनको लागि सहयोग गरिदिने घोषणा गरेका छन् । 

नेपाली उद्यमीहरुले त्यो क्राइटएरिया पूरा गर्नुपर्ने केसीले बताएका छन् । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज अन्तर्गत २०२५ को यो पहिलो कार्यक्रम भएको आन्टरप्रेनर्स क्लब ग्लोबलले जनाएको छ । आन्टरप्रेनर्स क्लबले हरेक महिना विभिन्न क्षेत्रका उद्यमीहरुलाई बोलाएर गर्ने यो कार्यक्रम २०२५ को पहिलो कार्यक्रम हो । जसमा विभिन्न क्षेत्रका उद्यमीहरु सहभागी थिए । जसमा सबै उद्यमीहरुले आ–आफ्ना परियोजनाहरु र त्यसको भिजनहरु सुनाएका थिए । 

आयोजक आन्टरप्रेनर्स क्लब ग्लोबलका अध्यक्ष शम्भु पोखरेलले आन्टरप्रेनर्स क्लब ग्लोबलले आन्टरप्रेनर्सहरूको सैद्धान्तिक, प्राविधिक विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।

युवाहरूमा आन्टरप्रेनर्स माइन्ड प्रस्फुटन गराउन सके युवाहरू विदेश पलायन हुने अवस्था रोक्न सकिने अध्यक्ष पोखरेलले बताए । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित सिरिज अन्तर्गत अर्को कार्यक्रम फेब्रुअरीको अन्त्यमा हुने आयोजकले बताएका छन् । कार्यक्रममा १०० भन्दा बढि नेपालका उद्यमीहरु सहभागी भएका थिए ।