काठमाडौं। नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थमन्त्रालयका अनुसार शुक्रबार (आज) अन्तिम दिनसम्ममा १२ जनाको आवेदन आएको हो । यी हुन् प्राधिकरण अध्यक्षका लागि आवेदन दिएका १२ जना
आवेदन दिएकाहरुमा कमल प्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चिरञ्जिवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ,दामोदर बसौला,डिमप्रसाद पौडेल,रामशरण पुडासैनी,विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ छन् । चिरञ्जिवी चापाइगाई यसभन्दा पहिला प्राधिकरणको अध्यक्ष भइसकेका व्यक्ति हुन भने शरद ओझा पत्रकार हुन । त्यस्तै, विक्रान्त पाण्डे बीमा क्षेत्रकै व्यक्ति हुन ।
१२ जना आवेदकमध्ये तीनजनालाई अध्यक्ष छनोट समितिले सिफारिस गर्ने छ । तीनजनामध्येबाट एक जना अध्यक्ष बन्ने छन् । तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। प्राधिकरण अध्यक्ष विहीन भए सँगै अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालै आईरहेका छन् ।