शीर्षकहरू

सरकारको मूल्याकंनमा यी हुन् उत्कृष्ट शिक्षालय

सरकारको मूल्याकंनमा यी हुन् उत्कृष्ट शिक्षालय

  • आकांक्षा धामी 

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ ।

जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएको छ । जसमा ज्ञान, विज्ञान, सीप, उद्यम, मौलिकता, साझेदारी र प्रणालीगत समकक्षता भन्ने वाक्य समेत तय गरिएको छ । नेपालका केही यस्ता विद्यालय छन् जसले आफ्नो गुणस्तरीय शिक्षा, व्यवस्थापन, र विद्यार्थीहरूको समग्र प्रगतिमा महत्त्वपूर्ण योगदान गर्दै शैक्षिक क्षेत्रको स्तर उकासेका छन् । 

राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको थियो । साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेको थियो ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो । सो अवसरमा सरकारले शिक्षालाई उत्कृष्ट बनाउन सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको हो । जसमा, सरकारी, निजी र प्राविधिक शिक्षालयदेखि शिक्षक तथा कर्मचारीहरू पनि रहेका छन् । सरकारी मूल्यांकन र आंकडालाई आधार मानेर नेपाल न्यूज बैंकले पछिल्लो समय उत्कृष्ट विद्यालयहरुको सूची तयार गरेको छ ।

तीनवटा उत्कृष्ट सामुदायिक विद्यालय
सरकारले उत्कृष्ट सामुदायिक विद्यालयमा दाङको तुलसीपुरमा रहेको श्री माध्यमिक विद्यालयलाई राखेको छ । यसैगरी काठमाडौंको विश्व निकेतन मावि र दाङको सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयलाई पनि उत्कृष्टको विधामा समेटेको छ । 

उत्कृष्ट निजी विद्यालय
सरकारले निजी लगानीका (संस्थागत) विद्यालय मध्येबाट काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि, काठमाडौं महानगरपालिका–१५ मा रहेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रो नारायणस्थानमा रहेको बुढानीलकण्ठ स्कुललाई उत्कृष्ट घोषणा गरेको छ ।

उत्कृष्ट प्राविधिक शिक्षालय
प्राविधिक शिक्षालयतर्फ पनि तीनवटा प्राविधिक विद्यालय छनोट गरिएका छन् । जसमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निक, कपिलवस्तुको जनता मावि, बाणगंगा र सानो भ¥याङमा रहेको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भित्र समेटेको छ । 

ती शिक्षालयलाई गुणस्तर शिक्षा दिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा उत्कृष्ट छनोट भएका हुन् । 

सरकारले उत्कृष्ट ठानेका निजी तथा सामुदायिक विद्यालयहरु यी हुन् :
कोशी प्रदेश :
एभरेष्ट बोर्डिङ माध्यमिक विद्यालय, विराटनगर : जुन मोरङ जिल्ला,  विराटनगर महानगरपालिकामा अवस्थित छ । एभरेष्ट बोर्डिङ माध्यमिक विद्यालयले आधुनिक शिक्षण प्रणाली र सह शैक्षिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सरकारी मूल्यांकन छ । यहाँका शिक्षकहरू प्राविधिक दक्षतासहितका छन्, जसले विद्यार्थीहरूको सिर्जनात्मकता र समस्या समाधान क्षमतालाई प्रवद्र्धन गर्छ । विद्यालयले विज्ञान, गणित, र सूचना प्रविधिमा विशेष जोड दिएको छ ।

मधेस प्रदेश : धर्मकान्त मावि, जनकपुरधाम धनुषा –जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित यस विद्यालयलाई सरकारले नमूनाका रुपमा मानेको छ । जनकपुर धर्मकान्त माविले संस्कृत र धार्मिक शिक्षामा विशेष योगदान गर्दै आधुनिक प्रविधिसँगै परम्परागत शिक्षाको संयोजन गरेको छ ।

विद्यालयमा विद्यार्थीहरूलाई संस्कृत भाषासँगै अन्य आधुनिक विषयहरू अध्ययन गराइन्छ । यसको पुस्तकालयमा धार्मिक ग्रन्थहरू र डिजिटल शिक्षण सामग्री उपलब्ध छन् । बागमती प्रदेश ःसगरमाथा बोर्डिङ स्कुल, ललितपुर, ललितपुर महानगरपालिकामा अवस्थित सगरमाथा बोर्डिङ स्कुल प्रयोगात्मक शिक्षण विधिहरू अपनाएर विद्यार्थीहरूको व्यावहारिक ज्ञान विकासमा केन्द्रित रहेको मूल्यांकन छ ।  विद्यालयको भौतिक संरचना वातावरणमैत्री रहेको, जसमा सौर्य ऊर्जा र हरियालीमा विशेष ध्यान दिइएको छ । सह शैक्षिक क्रियाकलाप, जस्तै— खेलकुद, कला र नाटकले विद्यार्थीहरूको व्यक्तित्व विकासमा योगदान पु¥याएको छ ।

गण्डकी प्रदेश : गण्डकी इन्टरनेसनल स्कुल, पोखरा पोखरा महानगरपालिकामा अवस्थित गण्डकी इन्टरनेसनल स्कुलले अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम र प्रविधिमैत्री शिक्षण प्रणाली अपनाएको छ । विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गर्दै भविष्यका लागि दक्ष बनाउने विद्यालयको मुख्य लक्ष्य हो । विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिई उत्कृष्टता प्रदर्शन गरेका छन् ।

लुम्बिनी प्रदेश : सिद्धार्थ ग्यालेक्सी स्कुल, बुटवल रुपन्देही, बुटवल उपमहानगरपालिकामा अवस्थित यस स्कुलले विद्यार्थीहरूको व्यक्तित्व विकासमा विशेष ध्यान दिने, खेलकुद, भाषागत सीप, र नेतृत्व विकासमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको मूल्यांकन गरिएको छ । विद्यालयले आफ्नो कम्प्युटर ल्याब र वैज्ञानिक प्रयोगशालालाई अत्याधुनिक बनाउँदै विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बनाएको छ ।

कर्णाली प्रदेश : कर्णाली विद्या निकेतन, सुर्खेत ः वीरेन्द्रनगर नगरपालिकामा अवस्थित विद्यालयले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित भएको मानिएको छ ।  विद्यालयले छात्रवृत्ति कार्यक्रमको माध्यमबाट विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक अवसर उपलब्ध गराएको छ । विद्यालयले डिजिटल शिक्षाको प्रयोग गरी शिक्षक र विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने प्रयास गरेको छ ।

सुदूरपश्चिम प्रदेश : मालिकार्जुन नमुना मावि धाप, दार्चुला ः महाकाली नगरपालिका–७ मा अवस्थित मालिकार्जुन नमुना मावि शैक्षिक गुणस्तरमा देशकै उत्कृष्ट विद्यालय बन्न सफल भएको मानिएको छ ।  साधारण र प्राविधिक शिक्षाको संयोजन गर्ने यो विद्यालयले विद्यार्थीहरूको स्थानीय सीप र ज्ञानको विकासमा विशेष ध्यान दिएको छ । विद्यालयले आधुनिक प्राविधिक शिक्षा प्रदान गर्दै ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई स्वरोजगार मुखी बनाउने कार्य गरिरहेको छ ।

यी विद्यालयहरूले गुणस्तरीय शिक्षा, नवीनतम प्रविधिको प्रयोग, र समावेशी शिक्षाको अभ्यास गर्दै उदाहरणीय काम गरेका छन् । यसले देशभरका अन्य विद्यालयहरूलाई पनि शिक्षाको गुणस्तर सुधार्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

शिक्षालाई प्राथमिकतामा राखेर देशको भविष्य निर्माणमा सबै पक्षले सहयोग गर्ने हो भने समृद्ध नेपाल निर्माणको लक्ष्य चाँडै पूरा हुनेछ ।