शीर्षकहरू

अमेरिकी अदालतले रोक्यो जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेश

अमेरिकी अदालतले रोक्यो जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेश

एजेन्सी । अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने आदेश त्यहाँस्थित  संघीय अदालतले रोक लगाएको छ । राष्ट्रपति नियुक्त भएसँगै ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका महिलाका सन्तान वा कानुनी रूपमा स्थायी बासिन्दा नभएकाहरूका सन्तानलाई राहदानी, नागरिकता प्रमाणपत्र र अन्य कागजात उपलब्ध नगराउन निर्देशन दिने आदेश जारी गरेका थिए ।

उक्त आदेशविरुद्ध मासाचुसेट्सको संघीय अदालतमा १८ वटा राज्यले मुद्दामा दायर गरेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सेटलमा अमेरिकी संघीय न्यायाधीशले डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता समाप्त गर्ने प्रयासलाई अस्थायी रूपमा रोक लगाएका हुन् ।

अमेरिकी जिल्ला न्यायाधीश जोन कफेनाउरले ट्रम्पको कार्यकारी आदेशलाई स्पष्ट रूपमा असंवैधानिक बताउँदै २५ मिनेटको सुनुवाइपछि यसलाई लागू हुनबाट रोक्ने एक अस्थायी आदेश जारी गरे । संविधानको १४ औं संशोधअनुसार अमेरिकी भूमिमा जन्मिएको जोकोहीले  स्वचालित रूपमा नागरिकता पाउने अधिकार रहेको छ ।​​​​​​​ ट्रम्पले यस नियमलाई समाप्त गर्न चाहेका थिए, जुन अस्थायी रूपमा वा गैरकानूनी रूपमा अमेरिकामा रहेका अभिभावकहरूको सन्तानहरूको लागि लागू हुने गर्दछ ।

अदालतको आदेशमा ट्रम्पको उक्त आदेश १४ दिनका लागि रोक्ने निर्णय गरिएको छ र थप कानुनी प्रक्रिया पूरा हुने सम्म यसलाई लागू नगर्न भनिएको छ।