शीर्षकहरू

डिप्रोक्स लघुवित्तको सञ्चालकमा डा श्रेष्ठ नियुक्त

डिप्रोक्स लघुवित्तको सञ्चालकमा डा श्रेष्ठ नियुक्त

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सञ्चालकमा डा बबिता श्रेष्ठ नियुक्त भएकी छिन् ।  

माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ ११ गतेदेखि लागू हुने गरी चौविसौं वार्षिक साधारण सभा नभएसम्मका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकले सञ्चालकहरु रमेश कुमार रघुवंशी र बासुप्रसाद उपाध्यायले व्यक्तिगत कारण देखाई दिएको राजीनामा लाई पनि स्वीकृत गरेको छ ।