शीर्षकहरू

देवघाटबाट देवी प्रतिभा फर्किइन्, कान्छी अनुराधाले शुरु गरिन् कथावाचन

देवघाटबाट देवी प्रतिभा फर्किइन्, कान्छी अनुराधाले शुरु गरिन् कथावाचन

काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको बिदाइ गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई बिदाइ गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् ।

महोत्सवभरी उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् । विदाई समारोहका क्रममा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मंचमा स्वागत गरिएको छ ।

उनले ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाएकी हुन् । सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्नसक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै स्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्।

माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन्। आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ ।