शीर्षकहरू

रूपन्देहीमा आज पनि सकिएन रविको बहस, पत्नी निकिताको जिम्मा लगाइयो

रूपन्देहीमा आज पनि सकिएन रविको बहस, पत्नी निकिताको जिम्मा लगाइयो

काठमाडौँ ।  रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस नसकिएपछि उनलाई पत्नी निकिता पौडेल र उनका कानुन व्यवसायीको जिम्मामा पठाइएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो । इजलासले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने शर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेको थियो ।

आज अदालत खुल्नुअगावै रवि अदालत परिसरमा पुगेका थिए । थुनछेक बहस शुरु भए पनि नसकिएपछि भोलि फेरि अदालतमा उपस्थित हुने शर्तमा उनलाई छाडिएको हो । बहसका क्रममा सरकारी वकिलले सहकारीको रकम ठगी र संगठित अपराध कसुरका प्रतिवादीलाई बहस नै नगरी परिवारको जिम्मा लगाएको भन्दै आपत्ति जनाएका थिए ।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।