शीर्षकहरू

बैंक र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर हल्ला फैलाइयो, यसमा सत्यता छैन : गभर्नर

बैंक र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर हल्ला फैलाइयो, यसमा सत्यता छैन : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंक र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

समस्याग्रस्त संस्थाको व्यवस्थापन नियामकको हिसाबले राष्ट्र बैंकले गर्ने जनाउँदै उनले भने, “बाह्य हल्लाका पछाडि लाग्नुहुँदैन, अतारचढाव आउन सकन्छन्, त्यो स्वभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ, कुनै पनि निक्षेपकर्तालाई डुब्न दिइँदैन ।”
 
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका साथ रावा बैंक आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताए । उनले खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालनालगायत क्षेत्रमा बैंकले सुधार गर्दै लगिरहेको बताए ।