काठमाडौँ । बीवाईडीले १८ जनवरीदेखि भारतमा सिलाइन ७ स्पोर्ट्स युटिलिटी भेहिकलको बुकिङ खुला गरेको छ ।
बुकिङको लागि ७० हजार भारु (८०९ डलर) को मूल्य निर्धारण भएको छ । कम्पनीले महिना यो गाडीको पूर्ण मूल्य सार्वजनिक गर्ने र मार्चदेखि डेलिभरी सुरू गर्ने योजना बनाएको छ ।
चीनको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता कम्पनीले यो घोषणा २०२५ को भारत मोबिलिटी एक्सपो, नयाँ दिल्लीमा गरेको हो । प्रदर्शनीमा सिलाइन र यसको अल्ट्रा-प्रिमियम अफ-रोड गाडी याङवाङ यू ८ पनि प्रदर्शन गरिएको थियो ।
भारतमा सिलाइनको गाडी बुकिङ खुला भए पनि नेपालमा यो कहिले भित्रिन्छ भन्ने मिति तय भैसकेको छैन ।