शीर्षकहरू

आशा लघुवित्तको २० लाखभन्दा बढी कित्ता शेयरको लकइन फागुन ११ गते सकिदैं

आशा लघुवित्तको २० लाखभन्दा बढी कित्ता शेयरको लकइन फागुन ११ गते सकिदैं

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७ दशमलव ५० कित्ता शेयरको लकइन फागुन ११ गतेपछि सकिने भएको छ । कम्पनीले शेयरको लकइन अवधि सकिनु एक महिना अघि सार्वजनिक रुपमा जानकारी दिनुपर्ने व्यवस्था बमोजिम माघ १० गते सूचना जारी गरेको हो ।

 साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७८ साल फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा जारी भएको आईपीओ कम्पनीले सोही वर्ष फागुन १२ गते बाँडफाँट गरेको थियो । कम्पनीको संस्थापक तर्फको १७ लाख ५० हजार कित्ता र कर्मचारी तर्फको १३ हजार कित्ता आईपीओ तीन वर्षसम्म कारोबार गर्न नसक्ने गरी रोक्का रहेको थियो । 

उक्त आईपीओ बमोजिम कम्पनीले वितरण गरेको बोनस शेयर संस्थापक तर्फ २ लाख ४९ हजार ३७५ कित्ता र कर्मचारीतर्फ १ हजार ८५२ गरी कायम शेयरको लकइन अवधि आगामी एक महिनापछि सकिन लागेको हो । लकइक अवभि सकिएसँगै फागुन १२ गतेदेखि यी शेयर कारोबारयोग्य हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।