काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधबार सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा एक हजार ८७५ रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।