काठमाडौं । आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । जसमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५० औं बैठक विहान साढे ११ बजे बस्दैछ । बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुदैछ ।
यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुदैछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’’ माथि दफावार छलफल हुनेछ ।