काठमाडौं । काठमाडौं उत्यकाका विभिन्न ५ स्थानमा १० दिनसम्म विद्यु्त् लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार आज (माघ ९) गतेदेखिदेख लगातार ५ दिनसम्म विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो ।
प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
बिजुली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्थात् दैनिक ५ घण्टा जानेछ । माघ ९ गते कलंकी फिडरअन्तर्गत पर्ने मालपोत कार्यालयवरिपरिका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।
त्यस्तै १० गते तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्र, ११ गते बालकुमारी, इमाडोल तथा लुभूआसपासका क्षेत्र, १२ गते बलम्बु क्षेत्र र १३ गते कीर्तिपुर विश्वविद्यालय क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, १४ गते च्यासल पुलदेखि बालकुमारी पुलसम्म, १५ गते मानटार चोक क्षेत्र, १६ गते मातातीर्थ आसपासका क्षेत्र, १७ गते दोभान पुल र १८ गते आलोक नगरवरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।