एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । उनले ट्रम्प बलियो मान्छे भएको टिप्पणी गर्दै युद्ध अन्त्यका लागि राम्रो अवसर भएको भन्दै शान्तिका लागि काम गर्न तयार भएको बताएका छन् ।
जेलेन्स्कीले भनेका छन्, 'उनी बलियो मानिस हुन् । म राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गर्दछु।'
युक्रेनका जनता शान्तिमा पुग्न अमेरिकासँग मिलेर काम गर्न तयार भएको उनले बताए । उनले भनेका छन्, 'यो एउटा अवसर हो जसको अवश्य फाइदा लिनुपर्छ। म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई ४७औँ राष्ट्रपति बन्न सफल भएकोमा बधाई दिन्छु। आजको दिन परिवर्तनको आशा र भौगोलिक चुनौतिहरूलगायत धेरै समस्यामा समाधान गर्ने दिन हो।'
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन् ।