काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ । यो आयात गत वर्षको सोहि अवधिकोभन्दा ७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक हो ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकले बजारमा वस्तु माग बढेको देखाउँछ । गत पुसमा १ खर्ब ६१ अर्ब बराबर आयात भएको छ । यो गत मंसिरको दाँजोमा १३ अर्ब रुपैयाँले धेरै हो ।
६ महिनामा २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमास तेल आयात भएको छ । भने कच्चा सनफ्लावर तेल ११ अर्ब ६७ करोड, डिजेल ५४ अर्ब ३६ करोड, पेट्रोल ३२ अर्ब १४ करोड र खाना पकाउने ग्यास २९ अर्ब ७९ करोड रुपैयाँ बराबर आयात भएको आज सार्वजनिक भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।