काठमाडौं । युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानका विजेता घोषणा गरेको छ । यस वर्ष, अभियानलाई “सनसिल्क भाइब्स” को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पार्दै यो अभियान शुरु गरेको थियो । नयाँ थिम लाइन, “माई हेयेर, माई भाइब्स“ ले सहभागीहरूलाई आफ्नो कपालले जीवनमा खल्ने महत्त्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको छ ।
यो अभियान माघ ४ गते २०८१ मा यस वर्षको सनसिल्क ग्याङ अफ गल्र्सको घोषणासँगै समापन गरेको थियो । विजेताहरू– आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर—आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरूभन्दा अघि पुगेका थिए । प्रत्येक विजेताले एक लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाए जसले आत्मविश्वास, सौन्दर्य र आत्म–अभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टरहुड बनाउन मद्दत गर्ने कम्पनीको विस्वाश रहेको छ ।
यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू पाएको कम्पनीको दावी छ । यो वर्ष, नेपालभरीका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा शेयर गरे जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयर स्टाइलहरू देखाएको कम्पनीले जनाएको छ । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिविम्ब थियो जसले दैनिक पलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत गरेको थियो । साउन्डट्र्याकको रूपमा एक आकर्षक “सनसिल्क भाइब्स” गानको साथ सहभागीहरूले आफ्नो कपालको स्टाइल मात्र होइन आफ्नो व्यक्तिगत कथाहरूको प्रदर्शन पनि गरे ।