शीर्षकहरू

धरौटीमा छुटेका रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्चमा निवेदन

धरौटीमा छुटेका रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्चमा निवेदन

काठमाडौँ ।  जिल्ला अदालत कास्कीको आदेशपछि धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ ।

पोखराको स्वर्णलक्ष्मी ऋण तथा बचत सहकारी संस्थाको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परी धरौटीमा छुटेका उनीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले निवेदन दिएको हो । निवेदनमा रविसहित छविलाल जोशी, रामबहादुर खनाल, मीना गुरुङ, लिला पछाई, कृष्णबहादुर गुरुङ र आरती गुरुङ थुनामा राख्न माग गरिएको छ ।

गएको पुस २५ गते न्यायाधीश नितिज राईको इजलासले रविसहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि उनीहरू उक्त रकम बुझाइ तारेखमा रहेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।