शीर्षकहरू

६ महिनामा बैंकहरूले कमाए २७ अर्ब ४३ करोड, प्रभुको नाफा सर्वाधिक ८५.४९ प्रतिशतले बढ्यो

६ महिनामा बैंकहरूले कमाए २७ अर्ब ४३ करोड, प्रभुको नाफा सर्वाधिक ८५.४९ प्रतिशतले बढ्यो

काठमाडौं । सबै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकहरूले कुल २७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् । गत वर्षको दोस्रो त्रैमाससम्म यी बैंकहरूले गरेको खुद नाफाको आधारमा भने यस वर्ष ४ दशमलव ६२ प्रतिशत कम खुद नाफा भएको हो ।

यस वर्ष गत वर्षको तुलनामा २० वाणिज्य बैंकहरूमध्ये ९ वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । ११ वाणिज्य बैंकहरूको नाफा वृद्धि हुँदा पहिलो नम्बरमा प्रभु बैंक रहेको छ । प्रभु बैंकले यस वर्ष गत वर्षभन्दा ८५ दशमलव ४९ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म ७२ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको प्रभु बैंकले यस वर्ष १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । प्रभु बैंकको यस वर्ष इम्पेरमेन्ट चार्ज रकम कम हुँदा खुद नाफा बढेको हो ।

गत वर्ष १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ८१ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र छ । गत वर्षको तुलनामा यस वर्ष खुद नाफा बढाउनेमा प्रभु बैंकसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, नबिल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा बढी ९२ दशमलव शून्य ३ प्रतिशत घटेको छ । गत वर्ष १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको एनआईसी एशिया बैंकले यस वर्ष १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । एनआईसी एशिया बैंकको इम्पेरमेन्ट चार्ज शिर्षकमा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी छुट्याएकाले खुद नाफामा असर परेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले यो शिर्षकमा ४८ करोड रुपैयाँ मात्र छुट्याएको थियो ।

यस वर्ष खुद नाफा घट्ने कम्पनीहरूमा एनआईसी एशिया बैंकसँगै कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल बैंक , सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । यी बैंकहरूको खुद नाफालाई इम्पेरमेन्ट चार्जबापतको रकम बढी छुट्याएका कारण घटेको देखिन्छ ।

कुन बैंकको नाफा