काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९८ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । माघ ७ गते कम्पनीको उल्लेखि कित्ता शेयर विक्रीमा आएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र विक्री खुला गरिएकोमा विक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरले आगामी ७ दिनभित्र कम्पनीको कार्यालय बानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यी शेयर खरीद गर्ने व्यक्ति संस्थापक समूहभित्रै रहने जानकारी कम्पनीले दिएको छ ।