शीर्षकहरू

नबिल बैंकले ३ अर्ब २४ करोड कमायो

नबिल बैंकले ३ अर्ब २४ करोड कमायो

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष पुषमसान्तसम्ममा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ मुनाफा कमाएको । गत आवको सोही अवधिमा बैंकले तीन अर्ब २० करोड ३० लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा बैंकले मुनााफा, सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य बृद्धि देखिएको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले बृद्धि भएको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ४.२१ प्रतिशतले घटेर आठ अर्ब २४ करोड रुपैयाँबाट सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेर एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँबाट एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । 

 बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ। बैंकको २७ अर्ब ०५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी र जगेडा कोषमा एक अर्ब ८९ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।