काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा सामान्य वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत वर्षको यसैअवधिको भन्दा ०.२४ प्रतिशतले मात्र बढी हो । गत वर्ष यस बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज २३ करोड ८५ लाखबाट घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी २ अर्ब ६३ करोड रुपैयाँबाट २ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब १० करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२० रुपैयाँ रहेको छ । एनपीएल खराब कर्जा (नेट) १.९७ प्रतिशतमा छ ।