काठमाडौं । हिमालयन बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेपछि खुद नाफा ०.९८ प्रतिशतले बढेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकल े चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १०.०४ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १३.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ८.०३ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाख रुपैयाँमा झरेको छ।