शीर्षकहरू

एभरेष्ट बैंकले कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढायो

एभरेष्ट बैंकले कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढायो

काठमाडौं । एभरेष्ट बैंकले कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा २१.११ प्रतिशतले बढेर २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत बढेको छ।  बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा छ। भने बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ।