काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले कांग्रेस पार्टीका सिद्धान्त राजनीति व्यापार नभई सेवा गर्ने भएको बताएका छन् । भारतको नयाँ दिल्लीस्थित मालवीय स्मृति भवनमा आयोजित नेपाली जनसम्पर्क समिति भारतको वार्षिक भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै बानियाले यस्तो बताएका हुन । उनले कांग्रेस राजनीतिक दल जनताको सेवा गर्ने उद्देश्यबाट कहिल्यै विचलित नहुने बताए ।
राजनीति भनेको मागी खाने र ठगी खाने प्रवृत्तिका वर्गलाई सहि बाटोमा ल्याएर गरिखाने वर्गमा रुपान्तरण गर्ने भएको बताए। उनले नेपाली कांग्रेसको विचार र सिद्धान्तप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै, विभिन्न कठिनाइ र चुनौतीबीच प्रवासमा बसेर नेपाल र नेपालीको सेवा गरिरहेका व्यक्तिहरूको प्रशंसा गरे।
नेता बानियाले २०६२र०६३ को जनआन्दोलनको क्रममा भारतमा रहेका नेपाली राजनीतिक दलका भातृ संगठनहरूसँग सहकार्य गर्दै नेपाली जनताको अधिकारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिएको बताए।
त्यस्तै, जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको विचारधाराको विशेष चर्चा गरिएमका थिए । नेपाली जनसम्पर्क समिति भारतको स्थापना सन् १९७६ जुन १३ ९वि।सं। २०३३ जेठ १३० मा मुम्बईमा भएको ऐतिहासिक पृष्ठभूमि रहेको जनाइएको छ।