काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाल भारत मैत्री संघ कास्कीलाई आर्थिक सहयोग गरेको छ ।
पोखरा महानगरपालिका ०३, नदीपुरमा रहेको नेपाल-भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न बैंकले संघलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन बहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।