काठमाडौँ । प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । सार्वजनिक हुने सूचीमा कञ्चनपुरका विपीन जोशीको नाम भने परेको छैन ।
सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११ः१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ ।
यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो । यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्।
उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् । यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।
प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए ।
यी हुन् रिहा भएका ३३ बन्धक
लिरी अल्ब्याग (१९)
करिना एरिभ (२०)
ओहद बेन अमी (५६)
अगम बर्गेर (२०)
बिबस परिवार (शिरी-३३, यर्देन-३५, एरियल-५ र क्रिफ-१)
ओफर काल्ड्रोन (५४)
एलिया चोहन (२७)
एमिली डमारी (२८)
सेचु डिकल चेन (३६)
इत्हाक एलग्रान्ट (६९)
डेनेलिया गिल्बो (२०)
रोमी जेनन (२४)
लेर हर्न (४६)
ताछी इदन (५०)
नामा लेभी (२०)
ओर लेभी (३४)
ओडेड लिफ्छिज (८४)
श्लोमो मन्तजुर (८६)
ओभेरा मेन्जिस्टु (३८)
गदी मोचे मोजेज (८०)
हिसम अल शायद(३६)
एलियुहु शराबी (५२)
ओमर शेम तोम (२२)
तेल शोहम (४०)
केथ सिजेल (६५)
दोरो स्टेनब्रेचर (३१)
एलेजेन्डर ट्रोफोनोभ (२९)
ओमर वेन्कर्ट (२३)
ओहद याहालोमी (५०)
अर्बेल यहुद (२९)