शीर्षकहरू

बेलहीया अध्यागनम कार्यालयमा कर्मचारी अभाव, पर्यटकको बिचल्ली

बेलहीया अध्यागनम कार्यालयमा कर्मचारी अभाव, पर्यटकको बिचल्ली

भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहीया नाकाबाट १२० देशका नागरिक नेपाल भ्रमणमा आउने गरेको रेकर्ड छ । स्थलमार्ग भएर आउने पर्यटक सबैभन्दा बढी पर्यटक भित्रने नाका हो । यो नाकाबाट सन २०१८ मा सबै भन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए । 

त्यस यता अझै त्यति पर्यटक पुुग्न सकेका छैनन् । सन २०१८ मा १ लाख ६६ हजार २ सय ३५ जना पर्यटक भित्रिएका थिए भने १ लाख ५६ हजार ५ सय ६३ जना बाहिरिएको अध्यागम कार्यालय बेलहियाको तथ्याङ्कमा उल्लेख छ । सन २०२४ मा ९२ हजार ६सय ४४ जना पर्यटक नेपाल आएका छन भने ९३ हजार २ सय ९० जना पर्यटक बाहिरिएको तथ्याङ्कमा छ । सन २०१८ सँग तुलना गर्ना तेस्रो स्थानमा पर्छ । सन २०१९ मा १ लाख ६१ हजार ९ सय ९१ जना आउने र १ लाख ५० हजार ५ सय ३७ जना जाने गरेको तथ्याङ्क छ । 

सन २०१९ को अन्त्यमा कोभिडको महामारि विश्वव्यापि रुपमा फैलिन पुुग्यो । त्यसपछि पर्यटकको सङ्ख्या घट्दै गयो । २०२० मा ४३ हजार ३ सय ६७ जना, २०२१ म ८ सय १२ जना, २०२२ मा २० हजार २ सय २० जना र २०२३ मा ८१ हजार ५ सय ५१ जना पर्यटक नेपाल भ्रमणलाई बेलहीया नाकाबाट आएको अध्यागम कार्यालय बेलहियाको तथ्याङ्कमा छ । २०२४ मा सबैभन्दा बढी पर्यटक आउने देश श्रीलङ्काका रहेका छन् । यहाँबाट २६ हजार ५ सय ७७ जना, थाइल्याडबाट २१ हजार ३ सय ९७ जना, म्यानमारबाट ११ हजार ४ सय २२ जना, भेतनामबाट ७ हजार ४ सय ८४ जना, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ जना रहेका छन् । सन् २०२१ मा कोभिड महामारीले गर्दा टप ५ देशबाट पर्यटक आएका थिएनन् । २०२४ मा बेलहिया नाकाबाट अफगानस्थान, आन्डोरा, बहराइन, बङ्गलादेश, बर्बाडोस, बरुनाइन, कोङ्गो, कुुबा, इरिटिया, हाइटान, होन्डुरास, इभोरिकोस्ट, कारजिस्तान, मोजामिक्युु, पाकिस्तान, पायस्बासोउफ, स्कोटिस, सेनेगल, साइर्रालिन, सुुडान, ताजिकिस्तान, युगिस्लोभाबाट पर्यटक आएनन ।

पर्यटक भित्रिए पनि त्यहाको कार्यालयबाट सेवा प्रवाह भने सहज हुन सकेको छैन । कार्यालयमा कर्मचारी अभावका कारण छिटो छरितो रुपमा सेवा दिन नसकेको कार्यालयमा कार्यरत कर्मचारीहरु बताउँछन । भारतबाट नेपाल प्रवेश गर्नासाथ अध्यागम कार्यालयमा पर्यटकहरु पुग्ने गर्छन । अहिले अध्यागमन कार्यालयको नयाँ भवनबाट सेवा सुुचारु भएको छ, तर भवनको काम अधुरै छ । विस २०७७ साल माघ १५ गते काठमाडौंको बन्दना भगवती शंकर जेपीले निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले पटक पटक म्याद थप्दा समेत काम पूरा गर्न सकेको छैन । निर्माण व्यवसायीले समयमै काम पूरा गर्न नसकेपछि २०८० माघ ६ गते पहिलो पटक म्याद थप गरे । म्याद थप भएको समय २०८१ साउन १५ गते सकियो । तर कामले पूर्णता पाउन सकेन । अध्यागमन कार्यालय व्यवस्थित नहँुदा पर्यटकलाई समस्या बेर्होनु परेको छ ।

बेलहिया नाकाबाट नेपालमा आउने पर्यटकका लागि अध्यागम कार्यालयको भवन पूरा नभएको, निर्माण कार्यमा ढिला सुस्ति र ५ ओटा ठाउँबाट सेवा दिने ठाउँमा २ ओटा काउन्टरबाट सेवा दिँदा पर्यटक लामो समय सम्म लाइन बस्दा पर्यटकलाई समस्या भएको सोट्टो लुुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले बताए । उनले पर्यटका लागि कार्यालयमा बस्नको लागि बेन्चको समेत व्यवस्था नहुँदा पर्यटकहरुले गुनासो गर्ने गरेको बताए ।

पर्यटन व्यवसायी बिष्णुु शर्माले बेलहीयमा रहेको अध्यागमन कार्यालयमा कर्मचारी अभाव भएको सरोबर समेत ढिलो चल्ने गर्दा पर्यटक लामो समय सम्म कुरेर बस्नु परेको बताए । उनले केही समय पहिला पर्यटन विभागका डिजीले भैरहवामा आएर कर्मचारी थप्ने र सरोबर छिटो चल्ने व्यवस्था मिलाउँछुु भने पनि अहिले सम्म केही नगर्दा राज्यको माथिल्लो निकायका व्यक्तिले बोल्ने कुराको पनि विश्वास नभएको बताए ।

अध्यागम कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले कोभिडको असरले विगतमा पर्यटक सङ्ख्यामा कमी आएपनि अहिले विस्तारै बढ्दै गरेको बताए । उनले कार्यालयमा २४ घन्टा सेवा दिनको लागि ५ जना मात्रै कर्मचारी रहेकोले छिटो छरितो रुपमा सेवा प्रवाह गर्न नसकेको बताए । 

ग्रामिण पर्यटन विकास परिषद्का कार्यकारी प्रमुख रामु जोशीले नेपाल भित्रने पर्यटको बसाइ लम्ब्याउने गरी लुम्बिनी प्रदेश भरीका पर्यटकीय क्षेत्रको पहिचान गरि काम अगाडि बढाएको बताए । पर्यटन व्यवसाय फस्टाउनको लागि नेपालमा पर्यटकको बसाइ लम्ब्याउनु पर्ने हुन्छ । पर्यटकको बसाइ नलम्ब्याए सम्म पर्यटनको कुरा कुरामा मात्रै सिमित हुन्छ ।