एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२५ र २०२६ मा विश्वभरका देशहरूको आर्थिक वृद्धि दर प्रक्षेपण प्रस्तुत गरेको छ। आईएमएफले २०२५ र २०२६ मा विश्व वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान गरेको छ। ठूला देशहरूमध्ये, भारत ६.५ प्रतिशतको वृद्धि दरका साथ सबैभन्दा छिटो वृद्धि हुने प्रक्षेपण गरेको छ।
पाकिस्तानको वृद्धिदर २०२४ मा ३.२५ रहेकोमा २०२५ मा ३ प्रतिशत र २०२६ मा ४ प्रतशित हुने अनुमान गरिएको छ। आईएमएफकी प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले सामाजिक सञ्जाल एक्समा विश्व आर्थिक दृष्टिकोणको वृद्धि पूर्वानुमान पोस्ट गरिन्।
स्टक्सका अनुसार, आईएमएफले भारतमा औद्योगिक गतिविधिमा अपेक्षा गरिएभन्दा ठूलो गिरावट आएको बताएको छ। यस कारणले गर्दा, २०२३ मा वृद्धि दर पनि अपेक्षा गरिएको भन्दा सुस्त थियो। २०२३ मा भारतको वृद्धि दर ८.२ प्रतशित थियो । जुन २०२४ मा घटेर ६।५५ मा झर्यो। यो २०२५ र २०२६ मा पनि उस्तै रहने अनुमान गरिएको छ।
अनुमान अनुसार, अमेरिकी वृद्धि दर २०२४ को तुलनामा ०.१ प्रतशितले थोरै घट्नेछ र २०२५ मा २.७ प्रतिशतरहने छ । जबकि २०२६ मा यो २.१ प्रतशित पुग्नेछ। अमेरिकी संघीय रिजर्भ (केन्द्रीय बैंक) ले मौद्रिक नीतिमा ब्याजदर घटाएको कारणले गर्दा अमेरिकी घरेलु बजारमा माग कायमै रहेको आईएमएफले बताएको छ। यसले मानिसहरूलाई ऋण प्राप्त गर्न सजिलो बनाएको छ।
चीनको वृद्धि दर २०२५ मा ४.६ प्रतिशत र २०२६ मा ४.५ प्रतशित हुने अनुमान गरिएको छ। २०२४ मा चीनको वृद्धि दर ४.८ प्रतिशत थियो। आईएमएफका अनुसार चीनले आफ्नो वृद्धि दर बढाउन घरेलु बजारमा माग सिर्जना गर्नुपर्नेछ।