शीर्षकहरू

भियतनामी भिनफास्ट विद्युतीय कार सार्वजनिक

भियतनामी भिनफास्ट विद्युतीय कार सार्वजनिक

एजेन्सी । भियतनामी अटोमोबाइल कम्पनी भिनफास्टले जनवरी १८ अटो एक्सपो २०२५ मा VF7 र VF6 इलेक्ट्रिक SUV हरू सार्वजनिक गरेको छ । उक्त नयाँ विद्युतीय कार भारतीय बजारमा प्रवेश गरेको हो। कम्पनीले कार्यक्रममा VF3, VFe34, VF8, VF9 इलेक्ट्रिक SUV, VF वाइल्ड पिकअप ट्रक पनि प्रदर्शन गरेको छ। इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो इलेक्ट्रिक कार  लन्च गरेको हो।

कम्पनीले यस वर्ष भारतीय बजारमा पहिलो पटक विद्युतीय SUV VF7 र VF6 दुवै लन्च गरेको छ। दुबै कारहरू सेप्टेम्बरसम्ममा आइपुग्ने अपेक्षा गरिएको छ। भारत पहिलो अटोमोबाइल बजार हो जहाँ कम्पनीले दायाँ–हात ड्राइभ इलेक्ट्रिक कारहरू लन्च भएको छ। कम्पनीले यसको रेन्ज ४५० किलोमिटरसम्म हुने दाबी गरेको छ।