काठमाडौँ । संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक बन्द भएको छ । प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै टिकटक बन्द भएको हो ।
अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा 'तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न' भन्ने देखिन्छ । आज बिहानदेखि प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको बताएका छन्।
त्यसपछि टिकटक ले एक विज्ञप्ति जारी गर्दै जो बिडेन, ह्वाइट हाउस र न्याय विभागले टिकटक सञ्चालनका विषयमा स्पष्ट आश्वासन दिन नसकेको बताएको छ । यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ।
टिकटक ले भनेको छ, 'डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुन: सुरु गर्ने र हामीसँग काम गर्ने संकेत देखेका छौं।' अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । टिकटकले यसको मूल कम्पनी बाइटडान्सलाई बेचेमा भने यो प्रतिबन्धबाट बच्न सक्नेछ, तर उक्त विषयमा पनि कुनै सहमति जुटिसकेको छैन ।