शीर्षकहरू

क्यामेरामा कैद गरेका मुस्ताङका मनमोहक दृश्यहरु [फोटो फिचर]

क्यामेरामा कैद गरेका मुस्ताङका मनमोहक दृश्यहरु [फोटो फिचर]

काठमाडौं । ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ।

null

उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति। प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु।

nullnullnull

जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश। माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली। पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरु । निलो रङका मनमोहक ताल।

nullnullnullnull

पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान। चरन खर्कमा भेडाच्यांग्रा, घोडा र याकका गोठ। लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैंचा।

nullnullnullnullnullnullnullnullnull

बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्त्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड।