पोखरा । सहकारी ठगीको आरोप लागेका गीतेन्द्रबाबु (जीवी)राईको राहदानी रद्द गर्न कास्की अदालतले आदेश दिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार जीबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको हो । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनको राहदानी रद्द गर्न आदेश दिएको हो ।
राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतले जनाएको छ । राईको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधीन छ । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो ।