शीर्षकहरू

कामना सेवाको ३३ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

कामना सेवाको ३३ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३३ हजार ८५२ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।