शीर्षकहरू

खानीखोला हाइड्रोपावरले माघ ३० गते साधारण सभा गर्दै, छैन लाभांश प्रस्ताव

खानीखोला हाइड्रोपावरले माघ ३० गते साधारण सभा गर्दै, छैन लाभांश प्रस्ताव

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ ३० गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धुम्रबराही भेन्यु, धुम्रबाराही, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिको हेरफे तथा अनुमोदन सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १० गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।