यूरोपतर्फ हुने रूसी निर्यातमा दुई तिहाइले कमी

२९ माघ २०८०

cover image

एजेन्सी । यूरोपेली संघ (इयू) ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रूसको भन्सार कार्यालयले सोमबार जनाएको छ । युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न युरोपेली सङ्घ (ईयू) का देशहरूले रूसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन् ।  

सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यात ६८ प्रतिशतले घटेर ८४।९ अर्ब डलरमा झरेको रूसको सङ्घीय भन्सार कार्यालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ । यूरोपलाई देशको मुख्य ऊर्जा ग्राहकको रूपमा प्रतिस्थापन गरेको एसियामा निर्यात ५.६ प्रतिशतले वृद्धि भई ३०६.६ अर्ब डलर पुगेको रूसले जनाएको छ ।

पश्चिमा प्रतिबन्धहरूको मारमा परेपछि मस्कोले छुट्टाछट्टै देशहरूसँगको व्यापार तथ्याङ्कसहित आर्थिक तथ्याङ्कहरूको विशाल श्रृङ्खला प्रकाशित गर्न बन्द गरेको छ । बेइजिङ र मस्कोबीचको बढ्दो आर्थिक, व्यापारिक र राजनीतिक सम्बन्धकाबीच गत वर्ष दुई देशबीच दुईतर्फी व्यापार २४० अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सारसम्बन्धी छुट्टाछुट्टै तथ्याङ्कले देखाएका छन् ।

रूसको केन्द्रीय बैंकले पनि गत हप्ता रूसी बैंक खातामा चिनियाँ युआनको होल्डिङ पहिलो पटक अमेरिकी डलरभन्दा बढी प्गेको जनाएको थियो ।  रूसको वित्तीय प्रणालीले डलरमा उसको पहुँचमा प्रतिबन्धको सामना गर्दै चिनियाँ मुद्रालाई अँगालेको छ । रूसको समग्र व्यापार अधिशेष सन् २०२३ मा एक खर्ब ४० अर्बमा पुगेको छ । यो सन् २०२२ को तुलनामा ५८.५ प्रतिशत कम भएको छ । मस्कोले ऊर्जाबाट सङ्कलन गर्ने विशाल राजस्व यसले यूक्रेनविरूद्ध गरेको आक्रमणपछि युरोपेली मुलुकले लगाएको प्रतिबन्धका कारण गुमाएको छ भने यूरोपमा यसले उर्जाको व्यापक अभाव हुनुका साथै मूल्यवृद्धि भएको छ । 

तेल र ग्याँसको मूल्य वृद्धिका कारण यूरोपेली मुलुकले रूसबाट आयात गर्दै आएको उर्जा खरीद्लाई शुन्यमा झार्ने चेतावनीबीच रूसबाट यूरोपतर्फ जाने उर्जा बजारपूर्णरूपमा बन्द हुन सकेको छैन । प्रत्येक महिना अर्बौँ डलरको आम्दानी हुने ऊर्जा निर्यात रूसको बजेटको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो । इन्टरफ्याक्सका अनुसार गत वर्ष यूरोपबाट रूसी आयात पनि १२।३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो भने एसियाबाट खरिद गरिएका सामानको मूल्य २९.२ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब डलर पुगेको थियो ।  

Image

प्रत्यक्षदर्शीहरूले बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भे...

Image

एजेन्सी । टाटा इन्स्टिच्युटका अन्वेषकहरूले क्यान्सरको पुनरावृत्ति रोक्न र उपचारको साइड इफेक्टलाई ...

Image

अक्सर आफ्नी पत्नीको उपचार र आफ्नी स्वर्गीय आमा राजकुमारी डायनाले सामना गर्नुपरेको चुनौतीहरूको बीचमा ...

Image

सन् २०२३ मा सिङ्गापुरको कुल प्रजनन दर ०.९७ मा झरेको छ । यो दर पहिलो यसरी तल झरेको प्रधानमन्त्री कार्...

Image

एजेन्सी । विश्वकै उच्च मूल्यवान क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य मंगल...

Image

विगत एक वर्षमा करिब १२ हजार परिवारहरूलाई कुन्दुजमा पुनः स्थापना गरिएको उक्त कार्यालयका प्रमुख मावलवी...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४