शीर्षकहरू

युरो, पाउन्ड र येनको मूल्य घट्यो, आज अन्य मुद्राको सटही दर कति?

युरो, पाउन्ड र येनको मूल्य घट्यो, आज अन्य मुद्राको सटही दर कति?

काठमाडौं । बिहीबार अधिकांश विदेशी मुद्राको विनिमय दर घटेको छ । आज युरोपियन युरो, बेलायती पाउन्ड र जापानी येनसहित अस्ट्रेलियन डलर, बहराइन दिनार र क्यानेडियन डलरको मूल्य घटेको छ ।

अमेरिकी डलरको मूल्य भने आज स्थिर रहेको छ । बहराइन दिनारको मूल्य भने सामान्य बढेको छ ।

आज अमेरिकी एक डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ रहेको छ ।

युरोपियन युरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रीदर १४२.७७ रुपैयाँ, बेलायती पाउन्डको खरिददर १६६.२० रुपैयाँ र बिक्रीदर १६६.९५ रुपैयाा रहेको छ ।  हिजो युरो र पाउन्ड मूल्य  क्रमश: खरिददर १४२.८३ रुपैयाँ र १६६.०१ रुपैयाँ तथा बिक्रीदर १४३.४७ रुपैयाँ र १६७.८५ रुपैयाँ थियो ।

 यस्तै आज जापानी १० येनको खरिददर ८.४४ रुपैयाँ र बिक्रीदर ८.४७ रुपैयाँ रहेको छ । हिजो यसको खरिददर ८.४९ र बिक्रीदर ८.५३ रुपैयाँ रहेको थियो ।

आज बहराइन दिनारको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन प्रति दिनार खरिददर ३५३.२३ रुपैयाँ र बिक्रीदर ३५४.८२ रुपैयाँ रहेको बहराइन दिनार आज ३५३.२५ रुपैयाँमा खरिद तथा ३५४.८४ रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा सटही दर