युक्रेनको ऊर्जा पूर्वाधारमा रुसको आक्रमण

१९ चैत्र २०८०

cover image

युक्रेन । युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले  दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौं घरपरिवार विद्युतीविहीन भएका छन्  । पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका छन् भने एक भवन ध्वस्त भएको छ । 

अल जजिराका अनुसार आक्रमण पछि भीषण आगो लागेको थियो । यसै अवस्थामा गभर्नर मक्सिम कोजिट्स्कीले टेलिग्राम मार्फत जारी उद्धार प्रयासलाई आह्वान गरेका छन् । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा खसालिएको रूसी ड्रोनले गरेको क्षतिले कयौं युक्रेनीलाई बिजुलीविहीन बनाएको छ । भग्नावशेषले ऊर्जा पूर्वाधारमा आगो लगाउँदा यस्तो अवस्था सिर्जना भएको अल जजिराले गभर्नर ओलेह किपरलाई उद्धृत गर्दै भनेको छ । 

युक्रेनको अग्रणी निजी विद्युत प्रदायक कम्पनी डिटेकले सङ्कटको परिमाणलाई जोड दिँदै आक्रमण पछि एक लाख ७० हजार घरपरिवारले विद्युत कटौतीको सामना गरेको बताएका छन् । युक्रेनी वायु सेनाले अराजकताको बीचमा रूसी आक्रमणलाई  रोक्दै रुसले प्रहार गरेका११ ड्रोनमध्ये नौ र १४ वटा क्रुज मिसाइलमध्ये नौलाई खसालेको दाबी गरेको छ ।

यद्यपि, डिटेकका प्रसारण केन्द्रमा भएको पछिल्लो आक्रमण युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमणको एउटा अंश मात्र हो । युक्रेनी ऊर्जा कम्पनी सेन्ट्रेनेर्गोका अनुसार रूसी आक्रमणले धेरै क्षेत्रहरूमा गम्भीर क्षति पुर्याएको छ । उत्तरपूर्वी खार्किब क्षेत्रको आधारशिला जिमिभ थर्मल पावर प्लान्ट भग्नावशेषमा परिणत भएको छ ।

आक्रमणले भौतिक विनाश भन्दा पनि कमजोर समुदायको दुर्दशा झनै बढाइदिन्छ । लगभग १२ लाख व्यक्तिहरूले जिमिभ क्षेत्रमा बिजुली कटौतीको सामना गरिरहेका छन् । मार्च  २२ मा प्लान्टमा गरिएको बम हमलाबाट करिब सात लाख युक्रेनी अँध्यारोको पीडा भोग्दै छन् । निरन्तरको आक्रमण र बिनाशका बाबजुद युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिकूलताको सामना गर्न देशबासीसामु आग्रह गरेका छन् । सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समयमा कुनैपनि क्षण रुसी आतङ्कवादले युक्रेनी जीवनलाई ध्वस्त पार्न लागिपरेको बताएका छन् । एएनआई  

Image

यसअघि अप्रिल १३ मा इरानले इजरायलमाथि ३ सयभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यस अवधिमा उनीह...

Image

प्रतिवेदनमा बैंकले पाकिस्तालाई कर प्रणालीको पुनर्गठन, शुल्क र बिक्री करको छुट नियन्त्रण र अचल सम्पत्...

Image

एजेन्सी । प्यालेस्टाइन समर्थक पोस्टर च्यातेको आरोपमा भारतमा अष्ट्रेलिय...

Image

काठमाडौं । पश्चिम एसियामा उत्कर्षमा पुगेको बृहत् युद्धको खतरा केही समय...

Image

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले बुधबार प्यालेस्टिनी क्षेत्...

Image

बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४