शीर्षकहरू

यस्ता छन् अदुवा खेतीका समस्या र समाधानका उपाय

यस्ता छन् अदुवा खेतीका समस्या र समाधानका उपाय

काठमाडाै‌ । अदुवा नेपालको प्रमुख मसलाबाली अन्तर्गत पर्दछ । झण्डै हलेदाको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पतिलाई अथवा मसला वा औषधिमा प्रयोग हुने यसैको गानुलाई अदुवा भनिन्छ ।

अदुवामा मानिसलाई चाहिने ६ वटै तत्वहरु (कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ, पानी) पाईनुका साथै रेसा तथा अन्य औषधीयुक्त तत्वहरु प्रसस्त मात्रामा पाईन्छ। नेपालमा बिशेष गरी मध्य पहाडी जिल्लाहरुमा अदुवा खेती ब्यबसायिक रुप्मा हुँदै आएको छ। 

विविध हावापानी र भूगोलका कारण नेपालमा अदुवा उत्पादनको प्रचुर सम्भावना रहेको छ । पर्याप्त लगानी र उपयुक्त प्रविधिको प्रयोग भएमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी निर्यातसमेत गरेर देशमा विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।

नेपालमा अदुवा खेती एक नगदेवालीको रूपमा रहेको र यसको उत्पादनमा सरकारी तथा अन्य तहबाट भएका विभिन्न प्रयासहरूबाट आशातित उत्पादन वृद्धि र प्रवर्द्धन हुन नसकेको सन्दर्भमा कृषक, कृषि उद्यमिहरूका वास्तविक समस्याहरू पहिचान गर्नको लागि यो कार्यक्रम संचालन गरिएको हो । 

अदुवा खेतीका समस्याहरू

  • आवश्यक मात्रा र गुणस्तरीय बीउ समयमा उपलब्ध नहुनु,
  • अदुवा उत्पादन गर्दा प्राविधिक ज्ञानको कमीबाट समयमै रोग कीराको पहिचान हुन नसकी
  • धेरै नोक्सानी व्यहोर्नु परेको,
  • अदुवा बालीमा बीउमा नै बढी लागत लाग्ने र भौगोलिक विकटताको कारणले बीउ ढुवानीमा बढी खर्च हुने,
  • अदुवा प्रशोधनको लागि यस क्षेत्रमा अदुवा प्रशोधन प्लाण्ट नहुनु,
  •  उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्नु,
  •  व्यापारी र अदुवा उत्पादक कृषकहरू बीच बजार भाउ बारे पारदर्शिता नहुनु,
  • नेपाली अदुवाले आफ्नो पहिचान बनाउन नसक्नु,
  • अदुवा बीउलाई भण्डारको व्यवस्थापनमा समस्या भएको पाइएको छ । 

अदुवा खेतीमा देखिएका समस्या समाधानका उपायहरू

  • उपयुक्त जातहरू छनौट गरी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने,
  • भौतिक नोक्सानी (घाउ तथा चोटपटक बाट बचाउने उपायहरु अवलम्बन गर्ने,
  • वाली लिने उचित समय र तरिकाको ख्याल गर्ने,
  • बाली संरक्षण, सफाई, क्युरिङ्ग, प्याकि, ढुवानीमा सावधानी अपनाउने,
  • सरकारी, सहकारी तथा नीजि क्षेत्रको पहलमा बजार व्यवस्थापन सहज बनाइनुपर्ने लगायत रहेका छन् ।