शीर्षकहरू

यस वर्ष नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने

यस वर्ष नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो ।

विश्व बैंकले यसअघि गरेको प्रक्षेपण घटाएको छ । गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । अहिले त्यसमा केही घटाएको हो । 

गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो । चालू आवमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । विशव बैंकले सरकारले गरेको लक्ष्यको आधा मात्रै वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आगामी आवमा भने नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत गरेको छ ।