शीर्षकहरू

वित्तीय खर्च घट्दा रू रू जलविद्युतको नाफा करिब ३ प्रतिशत बढ्यो

वित्तीय खर्च घट्दा रू रू जलविद्युतको नाफा करिब ३ प्रतिशत बढ्यो

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म ६ करोड ६८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २ दशमलव ६६ प्रतिशत बढी खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेकाले नाफा सामान्य बढ्न सहयोग मिलेको हो । गत वर्ष १ करोड १७ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड १५ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च भने गत वर्ष ८९ लाख ९० हजार रूपैयाँ रहेकोमा यस वर्ष ६८ लाख ४९ हजार रूपैयाँभन्दा बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३३ लाख २३ हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम गत वर्षको तुलनामा यस वर्ष करिब १३ प्रतिशत बढेर १७ करोड ८० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । दिर्घकालिन कर्जा ६ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीका अल्कालिन कर्जा ४ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १८ रूपैयाँ ५४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३६ रूपैयाँ ९ पैसा छ ।