शीर्षकहरू

विश्वका अर्बपतिको सूची सार्वजनिक, नेपालका चौधरी १७६४ औं स्थानमा कायमै

विश्वका अर्बपतिको सूची सार्वजनिक, नेपालका चौधरी १७६४ औं स्थानमा कायमै
तस्विर फोर्ब्स

एजेन्सी । अर्बपतिहरूका लागि एक वर्ष कठिन रहेको थियो ।  विश्वव्यापी स्टक बजारहरूले युद्ध, राजनीतिक अशान्ति र लामो समयदेखि मुद्रास्फीतिलाई कम गरेको छ । अहिले पहिलेभन्दा धेरै अर्बपतिहरू फोर्ब्सको सूचीमा सूचीकृत भएका छन् । यस पटक सबैमा २,७८१, गत वर्षको तुलनामा १४१ बढी सूचीकृत भएका छन् । सन २०२१ मा सेट गरिएको रेकर्डभन्दा २६ बढी हो । तिनीहरूका सम्पत्तिको मूल्य ४१४.२ ट्रिलियन छ ।

सूचीका दुई तिहाइ सदस्यहरू एक वर्ष अघिभन्दा बढी मूल्यवान भएका छन् । २०२३ यता संयुक्त अमेरिकाका अर्बपतिले ७०० बिलियन सम्पत्ति थपेका छन् । शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ ।

नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन् । त्यस्तै, तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या कीर्तिमानी २ सय जना पुगेको छ । 

विश्वको सकैभन्दा धनी व्यक्तिको सूचीमा फ्रान्सका फेसन तथा कस्मेटिक ब्राण्डका व्यापारी बर्नार्ड आर्नल्ट रहेका छन् । उनको सम्पत्ति२ खर्ब ३३ अर्ब डलर छ । त्यस्तै, दोस्रो नम्बरमा अमेरिकी कम्पनी एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब रहेका छन । तेस्रो नम्बरमा अमेरिकी अनलाइन व्यापारकाका मालिक जेफ बेजोस रहेका छन् उनी अमेजनका संस्थापक पनि हुन उनको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।

चौथो नम्बरमा फेसबुक(मेटा)का संस्थापक मार्क जुकरबर्ग छन् जसको सम्पत्ति १ खर्ब ७७ अर्ब छ । त्यस्तै सूचना प्रविधिकै ल्यारी इलिसनको सम्पत्ति १ खर्ब ४१ अर्ब बनाउदै पाँचौ नम्बरमा छन् ।

त्यस्तै, शेयरबजारका बादशाहका रुपमा चिनिएका वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर रहदै छैटौं नम्बरमा रहेका छन । त्यस्तै, माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर बनाउँदै सातौ नम्बरमा छन ।

माइक्रोसफ्ट कै पूर्व सिइओ स्टिभ बाल्मर आठौं नम्बरमा रहेका छन् । जसको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ । त्यस्तै, भारतका अर्बपति टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।

गुगलका संस्थापक ल्यारी पेज नौं नम्बरमा परेका छन् । उनको सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ । भारतका अर्का अर्बपति गौतम अडानी भने सत्रौं नम्बरमा परेका छन् । उनको सम्पत्ति ८४ अर्ब डलरमा सिमिति रहेको छ । नेपालका एकमात्र डलरअर्बपति विनोद चौधरी १७ सय ६४ औं स्थानमा रहेका छन् । चौधरी कूल सम्पत्ति १ अर्ब ८ करोड रहेको छ ।