शीर्षकहरू

विपन्न वर्गका विद्यार्थीलाई समृद्धि फाइनान्सको स्टेशनरी वितरण

विपन्न वर्गका विद्यार्थीलाई समृद्धि फाइनान्सको स्टेशनरी वितरण

काठमाडौं । समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधवार औरहीको पिस जोन विद्यालयका १२५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेको हो ।

फाइनान्सले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरूको सूचीमध्ये बनेपा र मधुवन शाखाबाट गत हप्ता स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थीलाई कापी र कलम वितरण  गरिसकेको छ । साथै वैशाख महिना भित्र आफ्ना गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण  सम्पन्न  गर्ने तय भएको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड सेवा प्रदान गरिरहेको छ ।