शीर्षकहरू

वीरगञ्जका प्रहरीलाई हिमालयन बैंकको सहयोग

वीरगञ्जका प्रहरीलाई हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले वीरगञ्जका प्रहरीहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको सहयोग गरेको हो । 

बैंकले प्रहरी कार्यालयलाई चेक स्ट्रापसहित पाँच थान ‘गो प्रो हिरो १२’ क्यामरा खरिद गरि हस्तान्तरण गरेको छ । पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले सो सहयोग प्रदान गरेको जनाएको छ । 

बैंकका तर्फबाट बैंकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बंैकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।