शीर्षकहरू

विदेशी मुद्राको विनिमयदरः सबैभन्दा महगो मुद्रामा पनि आयो गरिवाट

विदेशी मुद्राको विनिमयदरः सबैभन्दा महगो मुद्रामा पनि आयो गरिवाट

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९७ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ४४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ०९ पैसा छ । विहीबार युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ २० पैसा र बिक्रीमा १४३ रूपैयाँ ८४ पैसा थियो ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८ रूपैयाँ ८७ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८९ पैसा र बिक्रीदर २८ रूपैयाँ ०२ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २१ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७१ पैसा तोकिएको छ ।