शीर्षकहरू

विदेशी मुद्राको विनिमयदर, युरोको विनिमयदरमा सामान्य परिवर्तन

विदेशी मुद्राको विनिमयदर, युरोको विनिमयदरमा सामान्य परिवर्तन

 काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९७ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ३२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९२ पैसा छ । विहीबार युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ४५ पैसा थियो ।

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ ।  त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८ रूपैयाँ ६७ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८८ पैसा र बिक्रीदर २८ रूपैयाँ ०१ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६० पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३३ पैसा तोकिएको छ ।